प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको दोस्रो दिन पनि जारी स्थायी समिति बैठकमा पदाधिकारीले धारणा राख्न सुरु गरेका छन्। पेरिसडाँडामा जारी बैठकमा शनिबार दिउँसोसम्म २३ जनाले धारणा राखिसकेका छन्। खाजा समयपछि पदाधिकारीले बोल्न सुरु गरेका हुन्। अहिलेसम्म वर्षमान पुन, मातृका यादव, देवेन्द्र पौडेलले र गंगा नारायण श्रेष्ठले बोलिसकेका छ्न् भने राम कार्कीले बोल्न सुरु गरेका छन्। माओवादी केन्द्रको स्थायी समितिमा पदाधिकारीसहित ४६ जना सदस्य रहेका छन्।
Posted inSamachar
माओवादी स्थायी समिति बैठक : पदाधिकारीले धारणा राख्न सुरु

