मकवानपुरमा खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन्। मकवानपुरको बागमती गाउँपालिका–१ माझगाउँ स्थित बागमती खोलाले एक युवकलाई बगाएको छ।बुधबार (आज) दिउँसो करिब ३ः३० बजेतिरको समयमा माझगाउँ खेस्रेखोला टोलका ४८ वर्षीय गुञ्जमान घलान आफ्ना १८ वर्षीय छोरा सोमबहादुर घलानसँग माछा मार्न खोलातिर गएका थिए।घरदेखि करिब पाँच सय मिटर पूर्वतर्फ रहेको बागमती खोलाले गुञ्जमानका छोरा सोमबहादुरलाई बगाएर बेपत्ता बनाएको मकवानपुर प्रहरीले जनाएको छ।घटनापछि प्रहरी निरीक्षक कमल प्रसाद यादवको नेतृत्वमा खटिएको प्रहरी
Posted inSamachar
माछा मार्न गएका १८ वर्षीय युवक बागमतीले बगाउँदा बेपत्ता

