पाँच वर्षअगाडिसम्म निसीखोलाका तुबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घरखर्च चलाउँदै आएका थिए। मादल बनाएर ३० वर्षदेखि जीविकोपार्जन गर्दै आएका उनलाई अहिले परिवार पाल्न हम्मेहम्मे भएको छ।परियारले मादल व्यवसायबाटै ९ जनाको परिवार पाल्दै आउनुभएको थियो। तर, अहिले मादल बिक्न छोडेपछि गिट्टी कुट्ने र बालुवा बोक्ने गर्छन्। मादल व्यवसाय संकटमा परेपछि उनले पेसा बदल्नु परेको छ। बुबा, बाजे र दाइहरुबाट सिकेको सीपले परियारलाई सात वर्ष अगाडिसम्म परिवार पाल्न सहज थियो। अहिले छोराहरु विदेश पलायन भएका छन्।परियारले
Posted inSamachar
मादल बिक्न छोडे, व्यवसायी निराश

