ललितपुरको मितेरी सहकारी ठगीका अभियुक्त ज्योतिबहादुर भण्डारी र सुवास खत्री पुर्पक्षका लागि कारागार चलान भएका छन्। अर्का प्रतिवादी सुरेश अधिकारी भने ७ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। अधिकारीले बिहीबार ७ लाख रुपैयाँ धरौटी दाखिला गरेपछि रिहा गरिएको जिल्ला अदालत ललितपुरका प्रवक्ता टीकाध्वज कार्कीले बताए। जिल्ला न्यायाधीश निर्मला योङयाको इजलासले सोमबार नै आदेश गरेपनि धरौटी नबुझाउँदा अधिकारी थुनामै थिए। ललितपुरको महालक्ष्मीस्थानको मितेरी सहकारी ठगीमा ८ जनाविरुद्ध मुद्दा दर्ता भए पनि प्रहरी
Posted inSamachar
मितेरी सहकारी ठगी आरोपी ज्योतिबहादुर भण्डारी र सुवास खत्री कारागार चलान

