भारतमा लगेर मिर्गौला चोरी गरेको आरोपमा चारजना पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्युरोले मिर्गौला निकालेको आरोप लागेका चारजनामध्ये तीन जनालाई संगठित अपराध र मानव तस्करीमा म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगेको छ। सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेलको मिर्गौला चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरू काठमाडौं र काभ्रेबाट पक्राउ परेका ब्युरोले जनाएको छ। ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीले ३ जनालाई संगठित अपराध र मानव तस्करीमा म्याद थपका लागि अदालत लगिएको बताए।&lsqu
Posted inSamachar
मिर्गौला चोरीको आरोपमा चारजना पक्राउ, म्याद थपका लागि लगियो अदालत

