नेपाललाई रेलमार्गले युरोपसँग जोड्ने महत्त्वाकांक्षी योजना मुआब्जा वितरण गर्ने रकमको अभावमा अलपत्र परेको छ। ‘ट्रान्स–एसियन रेल्वे’ (टीएआर) को ‘मिसिङ लिंक’को रुपमा रहेको मेची–महाकाली रेलमार्ग निर्माण गर्न आवश्यक जग्गा अधिग्रहण गर्ने रकमको अभाव भएको हो। गत जेठ १५ गते सार्वजनिक गरिएको चालू आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुँदा नम्बर २७३ मा भनेका थिए, ‘आगामी वर्ष पूर्व–पश्चिम राजमार्गलाई आधार मानी स्ट्या
Posted inSamachar
मुआब्जा दिने पैसा नहुँदा अनिश्चित बन्यो युरोपसँग जोडिने नेपालको रेल सपना

