नेकपा (एमाले) सुदूरपश्चिमले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ। बुधबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको हो।प्रदेश संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र पालले सबै प्रदेश सभा सदस्यलाई अनिवार्य बैठकमा उपस्थित भएर मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको जानकारी दिए। मुख्यमन्त्री शाहले बिहीबार साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ। नागरिक
Posted inSamachar
मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमाले सुदूरपश्चिमले जारी गर्यो ह्वीप

