कालीगण्डकी कोरिडोर अन्तर्गत लस्ती-बेनी सडकखण्डमा कालोपत्रे गर्न थालिएको छ।कालोपत्रे गर्न थालिएको यो मालढुङ्गा-बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो। बेनी-जोमसोम-कोरला सडक योजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईका अनुसार आज फर्सेदेखि बेनीतर्फको बाटो कालोपत्र गरिनेछ। ‘तेह्र किलोमिटर लामो मालढुङ्गा-बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा दुई किलोमिटर ढलान भइसकेको छ,’ उनले भने। यसअघि मालढुङ्गा-बेनी सडकअन्तर्गत पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गादेखि जलजला ग
Posted inSamachar
मुस्ताङलाई राष्ट्रिय राजमार्गमा जोड्ने लस्ती-बेनी सडक कालोपत्रे गरिँदै

