भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारततर्फका श्रद्धालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाएका छन्। मेची किनारमा हिमाली, पहाडी, मारवाडी, बङ्गालीलगायत विभिन्न समुदायको साझा सहभागितासहित समावेशी रूपमा छठ मनाइएको हो। नेपाल–भारत सीमावर्ती भद्रपुर–५ को मेची नदी किनारमा यस वर्ष एक हजारभन्दा बढी पूजास्थल निर्माण गरिएको छ। करिब तीन किलोमिटर क्षेत्रमा नदीको वारिपारि दुवैतर्फ हिमाल, पहाड र तराईका बासिन्दाले एकसाथ अर्घ्य अर्पण गर्दै साझा पर्वको रूपमा छठ मनाएको मैथ
Posted inSamachar
मेची नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ

