जाजरकोटको बारेकोटमा गोली प्रहारबाट एकजना घाइते भएका छन्। बारेकोट गाउँपालिका–६ स्थित कार्की जिउलामा लागेको मेलाबाट घर फर्किने क्रममा मंगलबार राति गोली प्रहार हुँदा बारेकोट गाउँपालिका–७ का ३४ वर्षीय यमराज सिंह घाइते भएका जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।ढाँडमा गोली लागेर घाइते भएका सिंहलाई स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल जाजरकोट पठाइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई राति नै थप उपचारको लागि बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर हुँदै भेरी अ
Posted inSamachar
मेलाबाट फर्किँदै गरेका युवकमाथि गोली प्रहार, आरोपी तत्कालै पक्राउ

