मोटरसाइकल दुर्घटना हुँदा काठमाडौँमा एक जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका-६ चुच्चेपाटी भाटभटेनीस्थित सडकमा बा ५१ प ४९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित्र भई दुर्घटना हुँदा काठमाडौँकै साँखु बस्ने उदयपुरकी ३५ वर्षीय उषा तामाङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Posted inSamachar
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

