तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शान्तिनगरका सामाजिक अभियन्ता विष्णु खत्रीको सवारी दुर्घटनामा निधन भएको छ। मोटरसाइकल दुर्घटनामा घाइते खत्रीको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको हो। पृथ्वी राजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बन्केवाचोकमा जिपको ठक्करबाट घाइते खत्रीको उपचारका क्रममा काठमाडौँस्थित शिक्षण अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ। बेलचौताराबाट दुलेगौडा आउँदै गरेको ग.९प ३९९२ नम्बरको मोटरसाइकलमा सवार खत्रीलाई विपरीत दिशाबाट आउँदै गरे
Posted inSamachar
मोटरसाइकल दुर्घटनामा सामाजिक अभियन्ताको मृत्यु

