नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक मोन्टी देसाईं नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाल आइपुगेका छन्। एनपीएलको फ्रेन्चाइज टोली काठमाडौँ गोर्खाजको मुख्य प्रशिक्षकमा अनुबन्ध भएपछि उनी बिहीबार नेपाल आइपुगेका हुन्। दिउँसो काठमाडौँ आइपुगेका प्रशिक्षक मोन्टीले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै काठमाडौँ गोर्खाजको यात्रा स्मरणीय हुने बताएका छन्। एनपीएलको ‘मिनी अक्सन’ शनिबार दिउँसो हुँदैछ। मोन्टी अक्सनमा सहभागी हुन काठमाडौँ आइपुगेका हुन्।
Posted inSamachar
मोन्टी देसाईं काठमाडौँमा, एनपीएल अक्सनमा सहभागी हुने

