बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुन्द्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विभागले जनाएको छ।हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको मोन्था चक्रवात क्रमशः भारतको भू–भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका वाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए।यो प्रणालीले समुन्द्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर ल्याएकोले नेपालको विशेषगरी कोसी र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको उनले बताए। यसको प्रभाव वागमती
Posted inSamachar
‘मोन्था’ चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने, कोसी र मधेसमा भारी वर्षाको सम्भावना

