क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव मोहन वैद्यले पदबाट राजीनामा दिएका छन्। आफूलेर राजीनामा दिएपछि उनले नेता सीपी गजुरेलाई महासचिवको जिम्मेवारी दिएका छन्। स्वास्थ्यका कारण महासचिवले पद छोडेको र सल्लाहकारमा बस्ने गजुुरेलले बताए। क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकले आफूलाई महासचिवका रुपमा अनुुमोदन पनि गरिसकेको उनले बताए। पदबाट मोहन वैद्य किरणले स्वैच्छिक राजीनामा दिएका छन् । उनले पार्टी महासचिवको पद छोडेका हुन् ।
Posted inSamachar
मोहन वैद्यले महासचिवबाट दिए राजीनामा, गजुरेलले सम्हाले जिम्मेवारी

