रुसले पश्चिमी युक्रेनी सहर टेर्नोपिलमा ठूलो ड्रोन र मिसाइल आक्रमण गरेको छ।हमलामा तीन बालबालिका सहित कम्तिमा २५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।युक्रेनी उद्धार अधिकारीहरूले आक्रमणले दुई आवासीय ब्लकहरूलाई निसाना बनाइएको बताएका छन्।अधिकारीहरूका अनुसार आक्रमणमा १५ बालबालिका सहित ७३ जना घाइते भएका छन्।यो आक्रमणलाई २०२२ मा रुसको खुला युद्ध सुरु भएदेखि पश्चिमी युक्रेनमा भएको सबैभन्दा घातक आक्रमणमध्ये एक मानिएको छ।आक्रमणबाट ल्भिभ र इभानो-फ्रान्किभस्कका पश्चिमी क्षेत्र पनि प्रभावित भएका छन्
Posted inSamachar
यक्रेनमा रुसको भीषण आक्रमण, बालबालिकासहित २५ जनाको मृत्यु

