गत आर्थिक वर्षमा धितोपत्रको दोस्रो बजारमा ८ ठूला धितोपत्र दलाल कम्पनी (ब्रोकर)ले खर्बमाथिको कारोबार गरेका छन्।ब्रोकर नम्बर ५८, ४५, ३४, ४२, ४९, ५७, ४४ र ३८ नम्बरका ब्रोकरले खर्ब रुपैयाँमाथिको कारोबार गरेका हुन्। नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त ९१ वटा धितोपत्र ब्रोकरले कुल ४२ खर्ब रुपैयाँबराबरको सेयर कारोबार गरेका हुन्। यीमध्ये ८ कम्पनीले गरेको कारोबार खर्बभन्दा बढीको र अन्यले अर्ब हाराहारीमा गरेका छन्। गत वर्ष ब्रोकर नम्बर ५८ (नासा सेक्युरिटिज) ले सबैभन्दा धेरै कारोबार गरेको छ।
Posted inSamachar
यी ८ ब्रोकरले गरे एक वर्षमा खर्बमाथिको सेयर किनबेच, कुनले कति किने सेयर?

