अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्यका विषयमा सोमबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ता गरे।यस विषयमा युरोपेली नेताहरूले आफ्ना धारणा राखेका छन्।युक्रेनका राष्ट्रपति जेलेन्स्कीले वार्ता 'रचनात्मक' भएको र 'सुरक्षा ग्यारेन्टी सहित संवेदनशील विषय'मा छलफल भएको बताए।बेलायतका प्रधानमन्त्री किअर स्टारमरले सुरक्षा ग्यारेन्टी र रुस, युक्रेन र अमेरिकासँग त्रिपक्षीय बैठक 'ऐतिहासिक' कदम हुने बताए
Posted inSamachar
युक्रेनबारे ट्रम्पसँग वार्तापछि युरोपेली नेताहरूले के भने?

