नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार असंवैधानिक भएको जिकीर गरेका छन्। उनले प्रधानमन्त्रीमा कार्कीको नियुक्तिलाई ‘तमासा’ को संज्ञा दिए।आइतबार सम्पादकहरूसँग ओलीले भने, ‘यो सरकार असंवैधानिक छ। यो सरकारले चुनाव गराउन चाहँदैन। त्यस्तो हुन्छ डेमोक्रेसी? त्यसरी छानिन्छ प्रधानमन्त्री। त्यो तमासा हो, नाटक हो, त्यो संविधानले चिन्दैन।’उनले पूर्वप्रधानन्यायाधीश वा न्यायाधीश मानवअधिकार आयोगबाहेक अन्य ठाउँमा नियुक्त हुनै नमिल्ने जिकीर गरे।&n
Posted inSamachar
यो सरकार असंवैधानिक हो, सुशीला कार्कीको नियुक्ती तमासा थियोः ओली

