चितवन राइनोजका ब्याटर रवि बोपाराले लगातार तेस्रो अर्धशतक प्रहार गरेका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा मंगलबार विराटनगर किंग्सविरुद्धको खेलमा बोपाराले अर्धशतक प्रहार गरेका हुन्। यसअघि उनले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध र दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार बोपाराले २९ बलमा अर्धशतक प्रहार गरेका हुन्। उनले दुई चौका र तीन छक्का प्रहार गरे।
Posted inSamachar
रवि बोपाराको लगातार तेस्रो अर्धशतक

