रसुवास्थित भोटेकोसीमा आएको बाढीले सडक बगाएपछि १५० जना चालक चीनतर्फ बोर्डरमा अलपत्र परेका छन्। उनीहरूलाई नेपाल फर्काइदिन चालक संघले अनुरोध गरेको छ। चालक संघ धादिङका अध्यक्ष नारायण पन्तले चीनतर्फ फसेका चालकको सूचीसहित गृहमन्त्रीलाई उद्धारका लागि निवेदन दिएका हुन्। निवेदनमा भनिएको छ, ‘चाइनाको बोर्डरमा गाडी चालकहरू १५० जना केही दिनदेखि पहिरो, बाढीका कारण फसेर बसेको कुरा अवगत गराउँदछौँ। अहिले पनि उनीहरू नेपाल फर्किन पाएका छैनन्। त्यस कारण घर परिवारमा चिन्ता थपिएको छ। तसर्थ तत्काल पहल
Posted inSamachar
रसुवा बाढीले १५० सवारी चालक चीनतर्फ अलपत्र

