कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा लुतो फालिएको छ। जुम्ली एकता समाज सुर्खेतको आयोजनामा लुतो फालिएको हो। समाजका अनुसार कर्णालीको मौलिक पर्व साउने सङ्क्रान्तिको अवसरमा वीरेन्द्रनगर नगरपालिकाको अगाडी देउडा पार्कमा सल्लाको झरोसहितको राँका (आगो) बालेर लुतो फालिएको हो। कर्णाली प्रदेशका सबै जिल्लाहरूमा साउन १ गते साउने सङ्क्रान्तिका दिन यसरी नै आगो बालेर लुतो फाल्ने चलन छ।सामान्यतः जेठ असारमा किसानहरू लामो समय बर्खे खेती लगाउनका लागि हिलोमा काम गर्ने गर्दछन्। करिब दुई महिनासम्
Posted inSamachar
राँको बालेर फालियो लुतो

