महालेखापरीक्षक तोयम रायाले अडिट प्रक्रियामा राजनीतिक हस्तक्षेप हुने सांसदहरूको आशंका अस्वीकार गर्दै कार्यालय पूर्णतः स्वतन्त्र रहेको स्पष्ट पारेका छन्। आइतबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले महालेखापरीक्षकको कार्यालय राजनीतिक हस्तक्षेपमुक्त रहेको स्पष्ट पारे।अडिट प्रक्रियामा निष्पक्षता कायम गर्न कार्यालयले कुनै राजनीतिक आग्रह वा दबाब नस्वीकार्ने उनको भनाइ छ। उनले समितिका सांसदहरूले छलफलको बेला प्रश्न सोध्ने तर जवाफ नै नसुनी बैठकबाट बाहिरिने गरेको भन्दै असन्तुष्टि जनाए। उ
Posted inSamachar
राजनीतिक हस्तक्षेप हुँदैन: महालेखापरीक्षक

