सुनधारास्थित कारागारबाट ३ हजार बढी कैदीबन्दी फरार भएका छन्। कारागारमा रहेका ३ हजार ८०० बढी कैदीमध्ये अहिले ५ सय हाराहारी कैदीमात्रै कारागारमा रहेको बताइएको छ। उनीहरू गए राति नै भागेका हुन्। भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि छन्। रायमाझीसँगै पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि भागेका छन्।
Posted inSamachar
राति नै भागेका थिए टोपबहादुर रायमाझीसहित ३ हजार कैदी

