काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा रहेको राम मन्दिर परिसरमा बनेका अवैध भौतिक संरचना हटाएको छ। त्रिपुरेश्वरबाट थापाथली लाग्दा चोकको दायाँतर्फ रहेको मन्दिर छेउछाउमा जस्ताका टहरा बनाइएका थिए। महानगरपालिकाले शुक्रबार त्यसलाई हटाएको हो। यो मन्दिर तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले वि.सं. १९३०/०३१ सालमा निर्माण गराएको बताइन्छ। वि.सं. १९९० सालको भुइँचालोमा क्षति पुगेको मन्दिर तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले जीर्णोद्धार गरेका थिए। मन्दिरमा मुख्य दे
Posted inSamachar
राम मन्दिर परिसरका अवैध संरचना महानगरले भत्कायो (तस्बिरहरू)

