प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक गरि ९० पदको लागि दरखास्त आह्वान गरेको छ। विभागले आज सूचना जारी गर्दै नेपाल विशेष सेवाको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको हो। विभाग तथा अन्तर्गतका कार्यालयहरूमा रिक्त रहेको राजपत्रांकित तृतिय श्रेणी र राजपत्रांकित द्वितिय श्रेणी सरहका पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लागिएको विभागले जारी गरेको सूचनामा उल्लेख छ।&
Posted inSamachar
राष्ट्रिय अनुसन्धान विभागले माग्यो अधिकृत र सहायक गरि ९० कर्मचारी

