हालै बलिउड अभिनेता शाहरुख खानले उत्कृष्ट अभिनयका लागि राष्ट्रिय पुरस्कार हात पारे। ३३ वर्ष लामो प्रतिक्षापछि उनले पहिलोपल्ट देशकै ठूलो अवार्ड जितेका हुन्।उनको यस सफलतामा फ्यानसहित फिल्मी जगत्का थुप्रै सेलेब्रिटीले बधाई दिए। तर, केहीले भने ‘जवान’बाट शाहरुखले राष्ट्रिय पुरस्कार जित्न योग्य नभएको तर्क गरेका छन्। यस्तोमा अभिनेता मुकेश खन्ना शाहरुखको समर्थनमा उत्रिएका छन्। स्पष्टवक्ताका रूपमा परिचित खन्नाले शाहरुखलाई दिइएको राष्ट्रिय पुरस्कारका पक्षमा मत राखेका हुन्।
Posted inSamachar
राष्ट्रिय चलचित्र पुरस्कार विवादमा शाहरुखको समर्थनमा उत्रिए मुकेश खन्ना

