१ साउन, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको प्रमुख सचेतकमा गोपाल भट्टराईलाई मनोनयन गरेको छ । भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री बनेपछि उनको ठाउँमा भट्टराई सत्तापक्षको प्रमुख सचेतकका रूपमा मनोनीत गरिएको हो । प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले भट्टराईलाई १ साउनदेखि लागु हुनेगरी राष्ट्रिय सभाको प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।
Posted inSamachar
राष्ट्रिय सभामा एमाले प्रमुख सचेतकको जिम्मेवारी गोपाल भट्टराईलाई
