राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पक्षधर राजनीतिक दल, शक्ति र समूहहरूबीच संवादको थालनी गरेको हो। शुक्रबार बालुवाटारस्थित नेपाल हाउसमा ‘जेनजी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास’ शीषर्कमा बृहत् राजनीतिक संवाद सुरु भएको हो। उपसभापति एवं उच्च संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेले पार्टी सचिवालयमा परिवर्तनका पक्षधर राजनीतिक दल, शक्ति र समूहहरूबीच संवाद गर्ने प्रस्ताव गरेका थिए।सचिवालय बैठकले त्यसलाई अनुमोदन गर्दै संवाद थाल्ने निर्णय गरेको थियो।
Posted inSamachar
रास्वपाको ‘बृहत् राजनीतिक संवाद’ सुरु

