राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य रहेका सन्तोष परियारले पार्टी छोडेका छन्। उनले पार्टीलाई नेपाली समाजको विशिष्ट बनावट र चरित्रअनुसारको पार्टी बनाउन नसकेकोमा आफू दु:खी रहेको बताएका छन्। उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ, 'निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रूपमा लिएको छु। नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दु:खी छु।'
Posted inSamachar
रास्वपालाई समाजको विशिष्ट बनावट र चरित्रको पार्टी बनाउन सकिनँ: सन्तोष परियार

