राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज रुपन्देही-३ मा हुने उपनिर्वाचनको उमेदवार घोषणा गर्ने भएको छ। पार्टीका प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा आज दिउँसो १:३० बजे बस्ने सचिवालय बैठकपछि उम्मेदवार घोषणा हुनेछ। बैठकमा रुपन्देही-३ उम्मेदवार छनोट मूल्यांकन, प्रवास विशेष अभियान सञ्चालन र विविध विषयमा छलफल हुनेछ। बैठकपछि रुपन्देही-३ मा हुने उपनिर्वाचनको उमेदवार घोषणा कार्यक्रम गरिने प्रवक्ता मनीष झाले जानकारी दिए।
Posted inSamachar
रास्वपाले आज रुपन्देही-३ उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्ने

