राहदानी विभागले विदेशमा बस्ने नेपालीलाई लक्षित गरी विभिन्न मुलुकमा घुम्ती सेवा दिँदै आएको छ। खासमा यो सेवा वैदेशिक रोजगारीमा रहेका नेपालीको सुविधाका लागि हो। कतिपय नेपालीलाई सुविधा होइन, तनाव थपिदिएको छ।आफू बसेको देशैमा सेवा दिन आएको टोलीबाट राहदानी नवीकरण गराउँदा सुविधा पाउनुको साटो उल्टै तनाव आइलागेको छ, चरणबहादुर साउदलाई। अछाम घर भएका साउद हाल रोमानियामा बस्छन्। उनले आफ्नो पासपोर्टको मिति सकिन लागेपछि म्याद थपको लागि फारम भरे।साउदले दस वर्षका लागि राहदानी नवीकरण गराउन गत चैत १४ (२०२५ मार
Posted inSamachar
राहदानी नवीकरणमा त्रुटि: १० वर्षको शुल्क लिएर ५ वर्ष मात्र म्याद थप

