कप्तान रोहित पौडेलको शतकका बाबजुद नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा लगातार दोस्रो हार व्यहोरेको छ। अघिल्लो खेलमा अमेरिकासँग हार भोगेको नेपालविरुद्ध बिहीबार यूएईले ५ विकेटको जित दर्ता गरेको हो। २३४ रनको लक्ष्य पछ्याएको यूएईले ४३.३ ओभरमा २३७ रन बनाएको हो। यूएईलाई जित दिलाउन ओपनर आर्यांश शर्माले ९८ र एलिशान शराफुले ४५ रनको योगदान गरे। शोयब खान शून्य रनमा समेटिँदा रिटायर्ड हर्ट राहुल चोपडाले १५, मुहम्मद वसीमले २६ रनको योगदान गरे भने हर्षित कौशिकले १३ रन जोडे। नटआउट रह
Posted inSamachar
रोहितको शतकले टारेन नेपालको हार, यूएई ५ विकेटले विजयी

