बसबाट सबै हतारिँदै झर्न लागे।सबै एकैचोटि झर्न खोज्दा बसको एउटा मात्र ढोका पर्याप्त भएन। सबै हुर्दुराएकाले बसबाट सामान्य अवस्थामा ओर्लेजति मान्छे पनि ओर्लिन सकेका थिएनन्।सबै त्रासमा थिए, हतारमा पनि थिए, केही यात्रु झ्यालबाट हाम्फाल्न लागेका देखिए। छरितो शरीर भएका केही त हम्फाली नै सकेका थिए।केही छरिता ज्यानका मान्छेपछि एउटा मोटो मान्छे पनि झ्यालबाट हाम्फाल्न लागे झैँ देखियो। उसले बल्लबल्ल टाउको छिरायो; अनि ज्यान छिराउन लाग्यो। काँटीमा अल्झेर त्यसको कपडा ध्यार्र च्यातियो; कताकता दर्फरिएछ, रक्तमुछे
Posted inSamachar
लघुकथा : योग्यता

