नेपथ्यले १२ वर्षअघि जुन हलमा मानक खडा गरेको थियो, त्यही हलमा अझ ठूलो सफलतासाथ ब्यान्डले नयाँ इतिहास रचना गरेको छ। बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा शनिबार बेलुकी खचाखच १० हजार दर्शकमाझ नेपथ्यले भव्य प्रस्तुति दिएको छ।विश्वकै व्यस्त सहरमा आयोजित कन्सर्टलाई दर्शकले उत्सव जस्तै बनाए र त्यसमा उनीहरू सुरुदेखि अन्त्य सम्मै रमाए। कन्सर्टको माहोल बुझ्न दर्शक मन्जरी दवाडी (फेसबुकमा एन्जल मन्जरी) कै भिडिओ पोस्टहरू पर्याप्त छन्। भिडिओ पोस्टमा उनी हलबाहिर विशाल परिसरको वातावरण र लामबद्ध दर्शक देखाउँछ
Posted inSamachar
लन्डनको वेम्बलीमा नेपथ्यले रच्यो अर्को इतिहास, १० हजार दर्शकमाझ भव्य प्रस्तुति (भिडिओ)

