ललितपुरको चापागाउँमा आज बुधबार बिहान ट्रक र मोटरसाइकल ठोकिँदा युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार ललितपुर महानगरपालिका-१५, चापागाउँ दोबाटोस्थित सडकमा ना.३ ख ४७४५ नम्बरको ट्रक र बा.प्र ०२-०१९ प ६६८७ नम्बरको मोटरसाइकल बुधबार बिहान एकआपसमा ठक्कर खाएका हुन्। दुर्घटनामा मोटरसाइकल चालक काठमाडौँको कीर्तिपुर नगरपालिका-५ भत्केको पाटी घर भएका २२ वर्षीय सुशान्त बस्नेतको मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रम
Posted inSamachar
ललितपुरको चापागाउँमा ट्रक र मोटरसाइकल ठोकिँदा युवकको मृत्यु

