ललितपुर महानगरपालिकाले एक विद्यालय, एक सम्पदा कार्यक्रम सुरु गरेको छ।महानगरभित्र रहेका सम्पदा संरक्षण गर्न र विद्यार्थीलाई सम्पदाबारे जानकारी दिन यो कार्यक्रम ल्याइएको महानगरपालिकाले जनाएको छ।ललितपुर महानगरले बुधबार सामुदायिक विद्यालय र संस्थागत विद्यालयका प्रधानाध्यापक र सरोकारवालासँग छलफल गरी यो कार्यक्रम सुरुवात गरेको हो।कार्यक्रमअन्तर्गत विद्यार्थीले विद्यालयनजिक वा पायक पर्ने स्थानमा रहेका सम्पदा सरसफाइ र संरक्षण गर्ने काम गर्छन्।महानगरभित्रका ढुंगेधारा, पाटी (फल्चा), बौद्ध बिहार, मठमन
Posted inSamachar
ललितपुर महानगरमा ‘एक विद्यालय, एक सम्पदा कार्यक्रम’ सञ्चालन

