सिरहाको लहानमा आमा–छोरा मृत फेला परेका छन्। मंगलबार लहान नगरपालिका १ मटिअर्वामा २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षका छोरा एरोन मृत फेला परेका हुन्।९ महिनाका अर्का छोराको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक दीपककुमार सिंहले बताए। रञ्जिता झुण्डिएको अवस्थामा फेला परेकी हुन्। उनका जेठा छोरा एरोन भने खाटमुनी मृत भेटिएको प्रहरीले जनाएको छ। ९ महिनाका छोराको प्रादेशिक अस्पताल लहानबाट सप्तऋषि अस्पताल रेफर गरिएको छ। उनको अवस्था गम्भीर रहेको प
Posted inSamachar
लहानमा आमा-छोरा मृत फेला, श्रीमान सम्पर्कविहीन

