नेपाली भूमि लिपुलेक हुँदै व्यापार पुनः सुरु गर्ने चीन र भारतको सहमतिको विरोध जनाउँदै नेपाल बौद्धिक परिषद्ले यसबारे चीनको धारणा माग गरेको छ। परिषद्का अध्यक्ष गजेन्द्रप्रसाद थपलियाले बिहीबार विज्ञप्ति जारी गर्दै आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेको हो। ‘उक्त क्षेत्र नेपाली भू-भाग रहेको विषय मित्रराष्ट्र चीनलाई समेत जानकारी गराइसकिएको अवस्थामा भारतको परराष्ट्र मन्त्रालयबाट जारी उक्त विज्ञप्तिबारे चीन सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
Posted inSamachar
लिपुलेक हुँदै व्यापार गर्ने सहमतिबारे नेपाल बौद्धिक परिषद्ले माग्यो चीनको धारणा

