लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरेका छन्।नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख मगरले प्रदेश सभाको सातौं अधिवेशन बोलाएका हुन्। आउँदो मंसिर ८ गते सोमबार अपराह्न १ बजे बैठक बस्ने गरी हिउँदे अधिवेशन आह्वान गरिएको छ। अहिले प्रदेश सभा सचिवालयमा दुई वटा विधेयक दर्ता भएका छन्। जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यह
Posted inSamachar
लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान

