डोल्पा जिल्लामा निर्माण गर्ने भनिएको १०६ मेगावाट उत्पादन क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का विवादबारे प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले छलफल नगर्ने भएको छ।आज बसेको लेखा समितिको बैठकले जगदुल्लाको ठेक्का प्रक्रिया विवाद अदालतमा विचाराधीन रहेकाले समितिमा छलफल नगर्ने निर्णय गरेको हो। ‘मुद्दा अदालतमा विचाराधीन नै रहेकाले लेखा समितिले यस विषयमा थप छलफल अगाडि बढाइरहनुपर्ने स्थिति देखिएन। कम्पनी आफैँले जिम्मेवारी लिनेगरी आवश्यक प्रक्रिया अगाडि बढाउन समिति निर्देश गर्दछ’
Posted inSamachar
लेखा समिति: अदालतमा विचाराधीन जगदुल्ला जलविद्युत् आयोजनाबारे थप छलफल नगर्ने

