राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक विषयवस्तुमा प्रवेश नै नगरी स्थगित भएको छ।समितिको बैठक बुधबार बोलाइएको थियो। तर बैठक बस्नको लागि आवश्यक गणपुरक संख्या पुगेपनि विषवस्तुमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो।गणपूरक संख्या पुगेपनि परिवर्तित अवस्थामा सबै सदस्यहरूको सहभागितामा बैठक बस्नेगरी स्थगित गरिएको समिति सभापति तुलसीकुमारी दाहालले जानकारी दिइन्।जेन–जी आन्दोलनपछिको हालको परिवर्तित अवस्थामा सबै सदस्यको उपस्थिति कात्तिकको २३ गते बस्नेगरी बैठकलाई स्थगित गरिएको उनको भनाई छ।
Posted inSamachar
विधायन समितिको बैठक विषयवस्तुमा प्रवेश नै नगरी स्थगित

