रोजगारीका लागि कुवेत पुगेका ६ नेपालीको मृत्यु भएको छ। विशाक्त मदिरा सेवनका कारण उनीहरूको निधन भएको हो। त्यस्तै ३५ जना नेपालीको स्थानीय विभिन्न ६ वटा अस्पतालमा उपचार जारी रहेको बताइएको छ। विशाक्त मदिरा सेवनले नेपालीसहित ६३ जना अस्पतालमा भर्ना भएका छन्। ६३ जनामध्ये नेपालीसहित गरेर १३ जनाको निधन भएको हो। कुवेतमा मदिरा सेवन प्रतिवन्ध भए पनि नेपालीसहित रोजगारीमा पुगेकाहरूले लुकिछिपी मदिरा सेवन गर्ने गरेको पाइन्छ।
Posted inSamachar
विशाक्त मदिरा सेवनले कुवेतमा ६ नेपालीको मृत्यु

