विष्णु माझीको स्वर रहेको ‘म त नराउरी’ बोलको गीत यसवर्षको सर्वाधिक हेरिने तीज गीत बनेको छ। १२ दिनअघि सार्वजनिक यस गीतले अहिलेसम्म युट्युवमा ७३ लाख भ्युज पाएको छ।विष्णुको यस गीतले अरु वर्षजस्तो खासै चर्चा नपाए पनि छोटो समयमा लोभलाग्दो भ्युज पाएको हो।केही दिनअघि एलिना चौहानको तीज गीत ‘छोरीको शिर आमा’ भ्युजको आधारमा अगाडि थियो। तर, तीजको संघारमा विष्णुकै गीतले सर्वाधिक हेरिएको छ। एक महिनाअघि सार्वजनिक ‘छोरीको शिर आमा’ लाई युट्युवमा ६१ लाख पटक हेरिएको छ।
Posted inSamachar
विष्णु माझीको ‘म त नराउरी’ बन्यो यस वर्षको सर्वाधिक हेरिने तीज गीत

