वीरगन्जमा हाल सम्म ७१ जनामा हैजा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्ज महानगरपालिकामा फैलिएको हैजा संक्रमण ७१ जनामा पुष्टि भएको जनाएको छ। मन्त्रालयले महानगरपालिकाको ११, १२, १३ र १६ वडाका १९४ जनामा झाडापखाला लागेर उपचार भइरहेको जनाएको छ। ती मध्ये २२ जनाको आइसीयू र ६ जनाको एचडीयूमा उपचार भईरहेको छ। हैजा पहिचान भएका व्यक्तिहरूको दिसाको नमुना संकलन गरी २२ वटा नमुना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुरमा तथा १० वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
Posted inSamachar
वीरगन्जमा ७१ जनामा हैजा संक्रमण पुष्टि, ३ को मृत्यु

