ऊर्जासहित तीन महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले शपथ लिएलगत्तै जेनजी आन्दोलनका सहिदको घरमा गएर तस्बिरमा माल्यार्पण गरेका छन्।शीतलनिवासबाट निस्केर उनी सहिद धीरज श्रेष्ठको घरमा गएर श्रद्धाञ्जलि अर्पण गर्नुका साथै परिवारजनलाई सहानुभूति पनि प्रकट गरे। उनले सहिदको सपना साकार पार्न इमानदार भएर लाग्ने प्रतिबद्धता पनि जनाए।जेनजी आन्दोलनका क्रममा हालसम्म ७२ जनाको ज्यान गइसकेको छ।नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्र
Posted inSamachar
शपथलगत्तै जेनजी सहिदका घरमा कुलमान

