शुक्रबार अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्यमा आज पनि उच्च वृद्धि भएकाृ छ। सुनको मूल्य आज तोलामा तीन हजार रुपैयाँ बढेर दुई लाख तीन हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो भाउ अहिलेसम्मकै सर्वाधिक महँगो हो। सुनको मूल्य शुक्रबार प्रतितोला दुई लाख ६ सय रुपैयाँ थियो।आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ। तोलामा ६५ रुपैयाँ बढेर चाँदीको मूल्य दुई हजार चारसय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
Posted inSamachar
शुक्रबार अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउमा आज पनि उच्च वृद्धि

