गएको शुक्रबार बढेको सुनको मूल्य आज पनि बढेको छ। शुक्रबार तोलामा दुई हजार सातसय रुपैयाँ बढेको सुनको मूल्य आज पनि तोलामा सातसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य बढेर आज सुन तोलाको दुई लाख ३९ हजार सातसय रुपैयाँ पुगेको छ। गत साताका चार दिनसम्म सुनको मूल्य लगातार घटेको थियो। गएको शुक्रबार सुनको मूल्य तोलाको दुई लाख ३९ हजार रुपैयाँ थियो।गएको आइतबारदेखि बुधबारसम्म (चार दिन)मा सुनको मूल्य तोलाकै १७ हजार दुईसय रुपैयाँ घटेको थियो। गएको असोज १९ गतेदेखि असोज
Posted inSamachar
शुक्रबार तोलामा २७ सय बढेको सुनको मूल्य आज पनि बढ्यो

