बंगलादेशको राजधानी ढाकाको गुलिस्तानमा बिहीबार पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीको केन्द्रीय कार्यालयमा आगजनी गरिएको छ।स्थानीय प्रहरी चौकीका ड्युटी अफिसर एसआई निसातले बीबीसी न्युज बंगलासँग घटनाको पुष्टि गरेका छन्।बंगलादेश अवामी लिगले सामाजिक सञ्जालमा लेखेको छ, 'यो युनुस र उनका सहयोगीहरूले प्रचार गरिरहेको लोकतान्त्रिक सुधार हो, जहाँ सबैभन्दा ठूलो र सबैभन्दा प्रभावशाली राजनीतिक दल अन्तरिम सरकार र यसका सहयोगीहरूबाट निरन्तर आक्रमणमा छ।'गत वर्षको जुलाई विद्रोहका क्रममा
Posted inSamachar
शेख हसिनाको पार्टीको केन्द्रीय कार्यालयमा आगजनी (भिडिओ)

