श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीलाई दिने लाभांश प्रस्तावबारे निर्णय गरेको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले ६.४० प्रतिशत नगद लाभांश वितरणको प्रस्तावमा निर्णय गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब रहेको छ। यसको प्रस्तावित दरमा कम्पनीले सेयरधनीलाई ६ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्नलागेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी साधारणसभाबाट हुने अनुमोदनसँगै सेयरधनीले पाउनेछन्।
Posted inSamachar
श्री इन्भेष्टमेन्ट फाइनान्सले ६.४० प्रतिशत नगद बाँड्ने

